Lumbini Rise
रूपन्देही-३ मा उम्मेदवार बन्न रास्वपाका ९ जना आकांक्षी

  
बुटवल–
राष्ट्रिय स्वतन्त्र पार्टीमा रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार हुन ९ जनाले आवेदन दिएका छन्। उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकहरुलाई साउन ७ देखि २१ गतेसम्म रास्वपाको मोबाइल एपमार्फत आवेदन दिन सक्ने व्यवस्था गरेकोमा ९ जनाले आवदेन दिएको रास्वपाले जनाएको छ।

रास्वपाले निवेदन दिएकाहरुको नामावली बिहीबार नै प्रकाशित गरेको छ। उम्मेदवार बन्न आकांक्षा राख्नेमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा। लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता,  कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन्।

उम्मेदवारी उपर दाबी विरोधका लागि साउन २३ र २४ का लागि छुट्याइएको भने साउन २५ गते उम्मेदवारका लागि निवेदन दिनेहरूसँग छलफल राखिएको रास्वपा सहामहामन्त्री विपिन आचार्यले जानकारी दिए।

रास्वपाले रुपन्देही–३ को उम्मेदवारका लागि प्रारम्भिक निर्वाचनबाट उम्मेदवार छनोट गर्ने विधि बनाएको छ। त्यसका लागि भदौ १२ र १३ का लागि समय छुट्याइएको आचार्यले बताए। उम्मेदवार अन्तिम चयन १५ भदौमा गर्ने उनको भनाइ छ। निर्वाचन आयोगले रुपन्देही–३ मा कात्तिक १७ गते का लागि उपनिर्वाचनको समय तोकेको छ। राप्रपाका सांसद दीपक बोहराको निधन भएपछि उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । 

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update