
काठमाडाैँ - एमाले र कांग्रेस बाहेकक राजनीतिक दलहरुले निर्वाचन आयोगद्वारा मस्यौदा गरिएको 'राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२' प्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएका छन् ।
नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकिकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति पार्टी र आम जनता पार्टीले संयुक्त विज्ञप्ती जारी गर्दै उक्त कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐनको मर्म विपरीत रहेकाे बताएका हुन् ।
उनीहरुले यसलाई संघीय कानुन दुरुपयोग गर्दै प्रत्यायोजित विधायनको नाममा छुट्टै ऐनजस्तै कानुन मस्यौदा गरेर निर्वाचन आयोगले संघीय संसद्को क्षेत्राधिकार अतिक्रमण गर्ने प्रयास गरेको त्यसमा स्पष्ट असहमति तथा विरोध रहेकाे बताएका छन् ।
'बहुदलीय लोकतन्त्रको मर्ममा आघात पुऱ्याउँदै दुई दलको वर्चस्वलाई संस्थागत गर्न खोज्ने यो प्रवृत्ति अस्वीकार्य छ। अतः हामी राजनीतिक दलहरूले सामूहिक रूपमा यो कार्यविधि कुनै हालतमा स्वीकार्य छैन भन्ने साझा धारणा बनाएका छौं। हामी राजनीतिक दलहरू यस मस्यौदाप्रति निम्न संवैधानिक, कानुनी तथा राजनीतिक कारणसहित गम्भीर असहमति प्रकट गर्दछौं ।' - विज्ञप्तिमा भनिएकाे छ ।