Lumbini Rise
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको दुई लाख नजिक

काठमाडौं - नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको एक हजारले बढेर तोलाको एक लाख ९९ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार सुनको मुल्य तोलाको एक लाख ९८ हजार ४ सयमा कारोबार भएको थियो । सुनको मुल्य यस अघि साउन २० गते तोलामा एक लाख ९८ हजार ५ सयमा कारोबार भएर अहिलेसम्मकै उच्च मुल्य कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर २३२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २३१५ मा कारोबार भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update