बुटवल उपमहानगरद्वारा आईतवार सार्वजनिक विदा

वुटवल- रुपन्देहीको बुटवल उपमहानगरपालिकाले साउन २५ गते आइतबार स्थानीय सार्वजनिक विदा दिएको छ ।
गाईजात्रा (सापारु) पर्वको अवसरमा एक दिनका लागि विदा दिने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख (मेयर) खेलराज पाण्डेयले बताए ।
मेयर पाण्डेयका अनुसार आइतबार उपमहानगरपालिका अन्तर्गतका वडा कार्यालयहरु र शिक्षण संस्थाहरुमा समेत विदा गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२ २१:५४
प्रतिक्रिया दिनुहोस्