बुटवल - प्रतिनिधी सभा सदस्य बासुदेव घिमिरेले भैरहवा कारागारमा रहेका रवि लामिछानेसँगकाे भेटबारे विभिन्न काेणबाट टिप्पणी भएपछि स्पष्टिकरण दिएका छन् ।
उनले शनिबार विहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफु रुपन्देहीबासी र एउटै ससदकाे विषयगत सिमितमा रहेकाले मानवताकाे हिसावले रवि लामिछानेलाई भेट्न गएको प्रष्ट पारेका छन्।
रवि लामिछाने रुपन्देहीकैं जेलमा रहँदा सुरुवाती चरणमैं एक पटक भेट्न गएको सहीँ साँचो हो । यो भेट कुनै राजनीति वा अन्य कुराबाट प्रेरित थिएन केवल मानवताको हिसाबले मात्र थियो' उनले स्पष्ट पारेका छन् । सांसद घिमिरेले समग्र जेलको अवस्था बारे सार्वजनिक रुपमैं अभिव्यक्त गर्दै आएको विषयलाई केवल रवि लामिछानेको विषयमा मात्र केन्द्रीत गरेर समाचार प्रकाशित भएकाेमा आश्चर्य प्रकट गरेका छन ।
'यो विषयलाई समग्र जेलको अवस्थाको बारेमा मैले उठाएको विषयको रुपमा बुझिदिनुहुन सम्बद्ध सबैमा अनुरोध छ । मैले कारागार दयनीय, राज्यले मानव अधिकारको ख्याल गर्नुपर्ने भन्ने विषय केवल रवि लामिछानेको सन्दर्भमा मात्र भनेको होइन, समग्र जेलको विषयमा भनेको हूँ' घिमिरले लेखेका छन् ।
बासुदेव घिमिरे प्रतिनिधिसभा सदस्यकाे स्पष्टिकरण
रवि लामिछानेलाई भेट्न गएको विषयमा प्रकाशित विषय र त्यसलाई लिएर सामाजिक सञ्जालमा व्यक्त प्रतिक्रियाको सन्दर्भमा स्पष्ट पार्न चाहान्छु ।
१. म रुपन्देहीबासी र संसदको एउटै विषयगत समितिमा रहेको हिसाबले मानवताको दृष्टिकोणले मात्र रवि लामिछाने रुपन्देहीकैं जेलमा रहँदा सुरुवाती चरणमैं एक पटक भेट्न गएको सहीँ साँचो हो । यो भेट कुनै राजनीति वा अन्य कुराबाट प्रेरित थिएन केवल मानवताको हिसाबले मात्र थियो ।
२. मैले जेलको बसाइको सन्दर्भमा कुरा गर्दा उहाँले असुविधा, कुनै समस्या नभएको कुरा गर्नुभएको थियो । यो कुरा सँगै गएका अन्य साथीहरुले पनि सुन्नु भएकैं छ । उहाँले बसाइको विषयमा मसँगको भेटमा कुनै गुनासो गर्नुभएको थिएन ।
३. जहासम्म जेलको अवस्थाको विषय छ, मुलुकका समग्र कारागार जीर्ण छन् भन्ने विषय राज्य व्यवस्था तथा सुशासन समितिमै पटक/पटक छलफल भएकै बिषय हो । राज्यले कैदीबन्दीको मानव अधिकारको विषयमा ख्याल गर्नुपर्छ भन्ने विषय मैले उठाएको हो ।
४. मैले समग्र जेलको अवस्थाको बारेमा सार्वजनिक रुपमैं अभिव्यक्त गर्दै आएको विषयलाई केवल रवि लामिछानेको विषयमा मात्र केन्द्रीत गरेर प्रकाशित हुँदा मलाई पनि आश्चर्य लागेको छ । यो विषयलाई समग्र जेलको अवस्थाको बारेमा मैले उठाएको विषयको रुपमा बुझिदिनुहुन सम्बद्ध सबैमा अनुरोध छ । मैले कारागार दयनीय, राज्यले मानव अधिकारको ख्याल गर्नुपर्ने भन्ने विषय केवल रवि लामिछानेको सन्दर्भमा मात्र भनेको होइन, समग्र जेलको विषयमा भनेको हूँ ।
प्रकाशित मिति: शनिबार, साउन २४, २०८२ ०९:३२