
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ। पार्टीका महासचिव एक सूचना जारी गरेर पार्टी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक बोलाएको जानकारी दिए ।
स्थायी कमिटीको बैठक आगामी भदौ ४ गते पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ। त्यस्तै भदौ ५ गते पोलिटब्यूरो बैठक बस्नेछ।
केन्द्रीय कमिटी बैठक मिराकल पार्टी भेनु, सुकेधारामा बस्नेछ। ७ र ८ बोलाइएको उक्त केन्द्रीय कमिटी बैठकलाई अध्यक्ष, सम्मानित नेतासहित केन्द्रीय सदस्यहरुले सम्बोधन गर्नेछन् ।
स्थायी कमिटी र पोलिटब्युरो बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ भने केन्द्रीय कमिटी बैठक मिराकल पार्टी भेनु सुकेधारामा बस्नेछ। सबै बैठक ११ बजे सुरु हुनेछ । मूलत पछिल्लाे समय अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालविच देखिएकाे मतभेदका विषयमा छलफल हुने बताइएको छ ।