सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं -नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ११ सयले घटेर तोलाको एक लाख ९८ हजार एक सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार सुन तोलाको एक लाख ९९ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर २३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार चाँदी तोलाको २३३० मा कारोबार भएको थियो ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०८२ १२:०७
प्रतिक्रिया दिनुहोस्