Lumbini Rise
बुटवल पाल्पा सडकको भूतखोलामा सडक भासियो, सवारी एकतर्फी 

पाल्पा -  सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान भूतखोला नजिकैको सडक पुन भासिएको छ।

सात वर्षअघि भासिन सुरु भएको सडकमा अघिल्लो वर्ष मात्र सडक डिभिजनले रोकथाम गरी कालोपत्र सुरुवात गरेको थियो ।

कालोपत्र एकतर्फी नसकिँदै पुन सडक भासिएको सडक डिभिजन पाल्पाले जनाएको छ ।

राजमार्ग कम्तीमा २५ मिटर लम्बाईमा भासिएको छ । सडक भासिएको स्थानको तल्लो भागमा तिनाउ खोला रहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update