
मकवानपुर -पूर्व–पश्चिम सडक खण्डअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ९ ज्यामिरेमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
मनहरी गाउँपालिका ९ ज्यामिरेस्थित जङ्गलेश्वर मन्दिर अगाडि मनहरीबाट हेटौँडा बजारतर्फ जाँदै गरेको प्र।३–०२–००६ प १९८० नं। को मोटरसाइकलले सडक क्रस गर्दै गरेको अवस्थामा ठक्कर दिँदा घाइतेभएकी परम ज्योति देवी चौधरीको उपचारको क्रममा मङ्गलबार मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पैदलयात्री रौतहट गढीमाई नगरपालिका–४ बस्ने वर्ष ४५ की चौधरी आइतबार मोटरसाइकलको ठक्करबाट घाइते भएपछि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्य भएको हो ।
यसैगरी, पूर्व–पश्चिम राजमार्गको मनहरी गाउँपालिका–६ सुनादेवी मन्दिर सडक खण्डमा हेटौँडा बाट चितवनतर्फ जाँदै गरेको ना ३ ख ४८७४ नं।को डिब्बा ट्रक र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना २६ प ४८३१ नं। मोटरसाइकल मङ्गलबार साँझ एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक मनहरी ८ – सिमपानीका ३७ वर्षीय ईश्वर सुबेदी घाइते भएका छन्।
उपचारका लागि एलाइभ अस्पताल भरतपुर चितवन पठाइएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मोटरसाइकल, ट्रक र ट्रक चालक चितवन खैरहनी नगरपालिका–८ का वर्ष ५२ का विष्णु आले मगर इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेका छन् ।