Lumbini Rise
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य १६०० रुपैयाँ घटेको हो । 

 महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोही सुनको मूल्य तोलामा १ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको थियो । 

यसैबीच चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा २ हजार २२५ रुपैयाँ कायम भएको हो । 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update