अन्तर्राष्ट्रिय दूध दिवसमा बुटवलमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता
शुक्रबार, जेठ १६, २०८२
बुटवल - अन्तर्राष्ट्रिय दूध दिवसको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघमा नगर स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । बुटवल उद्योग वाणिज्य संघमा गठित डेरी बस्तुगत समितिको आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता गरिएको हो । प्रतियोगितामा एभरेष्ट माध्यमिक विद्यालयकी खुसी पाण्डे प्रथम भएकी हुन् । त्यसै गरी स्कलर्श होमकी स्लेसा शर्मा द्वितीय, न्यु होरा जनकी तेजस्वी नेपाल तृतीय तथा ज्ञानोदय माध्यमिक विद्यालयका दीपेश रोकाय र नवरत्न माध्यमिक विद्यालयकी समीक्षा लम्साल सान्त्वना भएको मूल्याङ्कन समिति सदस्य पशुपन्छी निर्देशनालयका नरेन्द्र पौडेलले जानकारी दिए।