क्याननमा दोस्रो जिल्लास्तरीय बादविवाद प्रतियोगिता सम्पन्न, लुम्बिनी बोर्डिङकी असिरा बनिन च्याम्पियन
सोमबार, माघ १२, २०८२
बुटवल- बुटवल ८ सुख्खानगर स्थित क्यानन माध्यमिक विद्यालयको आयोजनामा सोमबार ‘के नेपालमा बौद्धिक पलायन बेरोजगारी भन्दा संवेदनशिल छ ? बिषयमा जिल्लास्तरीय वादविवाद प्रतियोगिता गरिएको छ । दोस्रो जिल्ला स्तरीय अन्तरविद्यालय वादविवाद प्रतियोगिता मार्फत विद्यार्थीहरुले नेपालमा बेरोजगारी समस्याले बौद्धिक जनशक्ति पलायन हुनुको कारण, विश्वव्यापी रुपमा देखा परेको चुनौती लगायतका बिषयमा पक्ष र विपक्षमा गहकिला तर्क प्रस्तुत गरेका थिए । प्रतियोगिताको उपाधी लुम्बिनी बोर्डिङ स्कूलमा अध्ययनरत छात्र असिरा पछाईले हात पारिन ।


