बुटवल- बुटवल ८ सुख्खानगर स्थित क्यानन माध्यमिक विद्यालयको आयोजनामा सोमबार ‘के नेपालमा बौद्धिक पलायन बेरोजगारी भन्दा संवेदनशिल छ ? बिषयमा जिल्लास्तरीय वादविवाद प्रतियोगिता गरिएको छ ।
दोस्रो जिल्ला स्तरीय अन्तरविद्यालय वादविवाद प्रतियोगिता मार्फत विद्यार्थीहरुले नेपालमा बेरोजगारी समस्याले बौद्धिक जनशक्ति पलायन हुनुको कारण, विश्वव्यापी रुपमा देखा परेको चुनौती लगायतका बिषयमा पक्ष र विपक्षमा गहकिला तर्क प्रस्तुत गरेका थिए । प्रतियोगिताको उपाधी लुम्बिनी बोर्डिङ स्कूलमा अध्ययनरत छात्र असिरा पछाईले हात पारिन ।
विजेता असिरालाई नगद १० हजार, शिल्ड र प्रमाणपत्रले पुरस्कृत गरिएको हो । यसैगरी होराजईन जिबिएसमा अध्ययनरत छात्रा साक्षी शर्मा प्रथम रनरअप, ग्रिन प्लान्ट इंगलिस स्कूलकका छात्रा प्रकृती न्यौपाने दोस्रो रनरअप र ज्ञानपुञ्ज बोर्डिङ स्कूलका प्रतिक सुनारले सात्वना स्थान हासिल गरे । उनीहरुलाई क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार सहित शिल्ड एवम् प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अरुण कुमार क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको वादविवादमा रुपन्देहीका निजि र सामुदायिक गरी दुई दर्जन विद्यालयको सहभागिता रहेको थियो ।
उक्त अवसरमा बोल्दै क्याम्पस प्रमुख क्षेत्रीले विद्यार्थीहरुले बौद्धिक पलायन र बेरोजगारी समस्याका बारेमा गरेको तर्क निकै उत्कृष्ट भएको बताउँदै यो समस्या नेपालको मात्रै नरहेको बताए । यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलले विद्यार्थीहरुले बौद्धिक पलायनबारे गरेको तर्क र बहसले सोच्न बाध्य बनाएको बताउँदै यस्ता कार्यक्रम विद्यालय तहबाट गर्न आवश्यक रहेको बताए ।
विद्यालयका प्राचार्य शंकर भण्डारीले गत वर्षदेखि विद्यार्थीहरुका लागि वादविवाद कार्यक्रम सुरु गरेकोमा विद्यार्थीहरुको प्रस्तुतीले यसको आवश्यकतालाई पुष्टि गरेको बताए । उनले नेपाली समाजमा बोल्नेको पिठो विक्छ भनेजस्तै विद्यार्थीहरु बोल्नु भनेको जिज्ञासु, सिर्जनशिल र आत्मविश्वासी बन्ने काम भएको बताए । उनले जिल्लास्तरीय वादविवाद प्रतियोगितामा विद्यार्थीहरुलाई गरेको तर्क वितर्कले आयोजकका रुपमा उत्साही बनाएको बताए ।
उत्कृष्ट विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेल, प्राचार्य शंकर भण्डारी, सहप्राचार्य विष्णु प्रसाद न्यौपानेले वितरण गरेका हुन् ।

प्रतियोगिताको निर्णायकका रुपमा क्यानन माविका शिक्षकहरु गोविन्द शर्मा र विजय न्यौपानेले गरेका थिए । कार्यक्रममा सहभागी विद्यालयहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगितामा निमावि संयोजक सुरेश घिमिरे, अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरी, शिक्षकहरु विजय पराजुली, बिनितिा पंगेनी लगायतको उपस्थिती रहेको थियो ।
यसअघि विद्यालयले फुड कर्निभल, क्यानन आईटी क्वीज, दोस्रो सभेन ए साईड फुटबल प्रतियोगिता, डिजाईन च्यालेञ्ज वर्कसप जस्ता कार्यक्रमहरु गरिसकेको छ ।
यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलले विद्यार्थीहरुले बौद्धिक पलायनबारे गरेको तर्क र बहसले सोच्न बाध्य बनाएको बताउँदै यस्ता कार्यक्रम विद्यालय तहबाट गर्न आवश्यक रहेको बताए ।
विद्यालयका प्राचार्य शंकर भण्डारीले गत वर्षदेखि विद्यार्थीहरुका लागि वादविवाद कार्यक्रम सुरु गरेकोमा विद्यार्थीहरुको प्रस्तुतीले यसको आवश्यकतालाई पुष्टि गरेको बताए । उनले नेपाली समाजमा बोल्नेको पिठो विक्छ भनेजस्तै विद्यार्थीहरु बोल्नु भनेको जिज्ञासु, सिर्जनशिल र आत्मविश्वासी बन्ने काम भएको बताए ।
उनले जिल्लास्तरीय वादविवाद प्रतियोगितामा विद्यार्थीहरुलाई गरेको तर्क वितर्कले आयोजकका रुपमा उत्साही बनाएको बताए । उत्कृष्ट विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेल, प्राचार्य शंकर भण्डारी, सहप्राचार्य विष्णु प्रसाद न्यौपानेले वितरण गरेका हुन् ।

प्रतियोगिताको निर्णायकका रुपमा क्यानन माविका शिक्षकहरु गोविन्द शर्मा र विजय न्यौपानेले गरेका थिए । कार्यक्रममा सहभागी विद्यालयहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगितामा निमावि संयोजक सुरेश घिमिरे, अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरी, शिक्षकहरु विजय पराजुली, बिनितिा पंगेनी लगायतको उपस्थिती रहेको थियो ।
यसअघि विद्यालयले फुड कर्निभल, क्यानन आईटी क्वीज, दोस्रो सभेन ए साईड फुटबल प्रतियोगिता, डिजाईन च्यालेञ्ज वर्कसप जस्ता कार्यक्रमहरु गरिसकेको छ ।


