बुटवलमा प्रादेशिक ललितकला प्रर्दशनी सुरू
शनिबार, माघ १७, २०८२
वुटवल- लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी शनिबारदेखि बुटवलमा सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लुम्बिनी प्रदेश समन्वय समितिको आयोजना तथा नेपाल व्यवसायिक कलाकार संघ रुपन्देही र कालिका मानव ज्ञान माविको सह-आयोजनामा प्रर्दशनी शुरू भएको हाे ।
कार्यक्रमकाे नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालिले उदघाटन गरे । उनले समाज रुपान्तरणका लागि ललितकलाको निकै ठुलो भुमिका रहेको बताए । कलाको महत्वलाइ अझै राम्रोसंग उठाउन नसकिएको समेत उनले बताए ।
पहिलो वर्षको तुलनामा यो वर्ष कार्यक्रम प्रभावकारी बनेको समेत उनले बताए । बुटवल निकै सम्भावना भएको महत्वपुर्ण ठाउँ भएको बताउदै कलाकार बन्नका लागि क्याम्पस पढ्न पर्छ भन्ने नहुने बताए । तर, कलाकारितामा बौद्वीकताको आवश्यक्ता रहने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बुटवल उपमहानगरपालिका सधै साथमा रहने बताए । कलाकारितामा भावनापनि जोडियो भने मात्र प्रभावकारी हुने उनले बताए । उज्यालो बुटवल बनाउनका लागि यो कार्यक्रमले निकै ठुलो भुमिका खेल्ने उनले बताए । बुटवलको हरेक किसिमले सम्भावना बोकेको भएकाले यस्लाई अझ राम्रो र नमुना बनाउनका लागि सबैजना लाग्नु पर्ने समेत उनले बताए ।


