वुटवल- लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी शनिबारदेखि बुटवलमा सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लुम्बिनी प्रदेश समन्वय समितिको आयोजना तथा नेपाल व्यवसायिक कलाकार संघ रुपन्देही र कालिका मानव ज्ञान माविको सह-आयोजनामा प्रर्दशनी शुरू भएको हाे ।
कार्यक्रमकाे नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालिले उदघाटन गरे । उनले समाज रुपान्तरणका लागि ललितकलाको निकै ठुलो भुमिका रहेको बताए । कलाको महत्वलाइ अझै राम्रोसंग उठाउन नसकिएको समेत उनले बताए ।
पहिलो वर्षको तुलनामा यो वर्ष कार्यक्रम प्रभावकारी बनेको समेत उनले बताए । बुटवल निकै सम्भावना भएको महत्वपुर्ण ठाउँ भएको बताउदै कलाकार बन्नका लागि क्याम्पस पढ्न पर्छ भन्ने नहुने बताए । तर, कलाकारितामा बौद्वीकताको आवश्यक्ता रहने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बुटवल उपमहानगरपालिका सधै साथमा रहने बताए । कलाकारितामा भावनापनि जोडियो भने मात्र प्रभावकारी हुने उनले बताए । उज्यालो बुटवल बनाउनका लागि यो कार्यक्रमले निकै ठुलो भुमिका खेल्ने उनले बताए । बुटवलको हरेक किसिमले सम्भावना बोकेको भएकाले यस्लाई अझ राम्रो र नमुना बनाउनका लागि सबैजना लाग्नु पर्ने समेत उनले बताए ।
कार्यक्रममा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान प्रज्ञा सभा सदस्य जुपिटर प्रधान, प्रतिष्ठानका समसामयिक चित्रकला बिभाग प्रमुख सन्जय बान्तवा, कालिका मानव ज्ञान माविका उप प्राध्यापक पिताम्बर बन्जाडे, कलकार संघका केन्द्रीय उपाध्यक्ष एचबि रम्तेल लगायतले बोलेका थिए।
प्रदर्शनीमा १ सय १५ जनाका कलाकारका १ सय ५० भन्दा बढि कलाकृतिहरु देख्न सकिने छ । प्रदर्शनी आउदाे २१ गते सम्म संचालन हुने छ ।
कार्यक्रम प्रतिष्ठानका मुर्तिकला बिभाग प्रमुख एवं लुम्बिनि प्रदेश समन्वय समितिका संयोजक दिनेश्वर महतोको अध्यक्षता , नेपाल व्यबसायिक कलाकार संघ रुपन्देहीका अध्यक्ष दिलीप रसाइलीको स्वागत मूर्तिकला बिभाग सचिवालयका जंग पहाडीको संचालनमा सम्पन्न भएको थियो ।


