पूर्व गृहमन्त्री खाँणले अर्थमन्त्री पौडेललाई किन गरे प्रशंसा
शनिबार, जेठ १७, २०८२
आगामी आर्थिक वर्ष ०८२/०८३ बजेटबारे मिश्रित टीकाटिप्पणी आइरहेको छ । तर, अर्थमन्त्री विष्णु प्रसाद पौडेलको गृह नगर बुटवलमा भने नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणले प्रशंसा गरेका छन् । भुटानी शरणार्थी प्रकरणको मुद्राका कारण लामो समय मौन प्राय बसेका खाँण अदालतले धरौटीमा रिहा गरेपछि सार्वजनिक कार्यक्रमहरूमा बिस्तारै सक्रियता बढाएका छन् ।