नेवा मुक्ति मोर्चा बुटवल उपमहानगर समिति गठन
शनिबार, जेठ १७, २०८२
बुटवल– नेकपा माओवादी केन्द्र निकट नेवा मुक्ति मोर्चा बुटवल उपमहानगर समिति गठन भएको छ । नेवा मुक्ति मोर्चा लुम्बिनी प्रदेश अध्यक्ष रिज्जु श्रेष्ठको प्रमुख आतिथ्यमा शनिवार बुटवलमा भएको भेलाले समिति गठन भएको हो । रामकुमार श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय समिति गठन भएको छ ।