
बुटवल– नेकपा माओवादी केन्द्र निकट नेवा मुक्ति मोर्चा बुटवल उपमहानगर समिति गठन भएको छ । नेवा मुक्ति मोर्चा लुम्बिनी प्रदेश अध्यक्ष रिज्जु श्रेष्ठको प्रमुख आतिथ्यमा शनिवार बुटवलमा भएको भेलाले समिति गठन भएको हो ।
रामकुमार श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय समिति गठन भएको छ । जसको उपाध्यक्षमा सरण कुमार श्रेष्ठ, सचिवमा बसन्तमान श्रेष्ठ, सहसचिवमा महेन्द्र प्रसाद श्रेष्ठ र कोषाध्यक्षमा तुलसीदेवी श्रेष्ठ सर्वसम्मत चयन भएका हुन । यसै गरी मोर्चाको सदस्यहरूमा गोपाल श्रेष्ठ, विष्णुकुमार श्रेष्ठ, रकिस उदय, सुनिल प्रधान, गोमा श्रेष्ठ, रीमा श्रेष्ठ सिद्धिचरण श्रेष्ठ(अशोक) चयन भएका छन् ।
भेलालाई सम्बोधन गर्दै लुम्बिनी अध्यक्ष रिज्जु श्रेष्ठले संस्कृति र सभ्यता संरक्षणसँगै जातीय अधिकार सुनिश्चितता लागि समितिले काम गर्नुपर्नेमा जोड दिइन ।
यसै गरी भेलामा नेकपा माओवादी केन्द्र बुटवल उपमहानगर अध्यक्ष महेन्द्र भुसालले आफूहरू अधिकार स्थापित गर्नका लागि लागि परिरहेको बताए ।
यसै गरी भेलामा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य टिका वली, गोपाल रेस्मी, नेताहरू शिव घिमिरे, कल्पना बस्नेत, पार्टीका नगर उपाध्यक्ष सुप्रिया खनाल लगायतले बोल्दै नवनिर्वाचित समितिलाई बधाई सहित शुभकामना दिएका थिए ।