रूपन्देही–२ मा रास्वपाका सुलभ खरेलकाे जित सुनिश्चित जस्तै, विष्णु पाैडेल २५ हजार बढीले पछाडि
शुक्रबार, फागुन २२, २०८२
बुटवल - रूपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेलकाे जित सुनिश्चित भएकाे छ । सुरुवातदेखि नै अग्रता कायम गरेका सुलभले एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाइ फराकिलाे मतान्तरले पछि पारेका छन् । राती साँढे १० बजेकाे अपडेट परिणाम अनुसार खरेलले ३२ हजार १८८ मत ल्याएका छन् ।


