Lumbini Rise
रूपन्देही–२ मा रास्वपाका सुलभ खरेलकाे जित सुनिश्चित जस्तै,  विष्णु पाैडेल २५ हजार बढीले पछाडि

बुटवल - रूपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेलकाे जित सुनिश्चित भएकाे छ ।  सुरुवातदेखि नै अग्रता कायम गरेका सुलभले एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाइ फराकिलाे मतान्तरले पछि पारेका छन् । राती साँढे १० बजेकाे अपडेट परिणाम अनुसार खरेलले ३२ हजार १८८ मत ल्याएका छन् । 

उनका निकटतम प्रतिद्धन्द्धी एमालेका विष्णु पाैडेलले जम्मा ६ हजार ८४९ मत ल्याएका छन् । नेपाली कांग्रेसका चुन्न पौडेलले ४ हजार ६९४ मत ल्याउदा नेपाली कम्युनिस्ट पार्टीका विश्वदिप पाण्डेले ७७९ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । रुपन्देही २ मा २०६४ सालयता एमालेका विष्णु पौडेलले निरन्तर चुनाव जित्दै आएका थिए ।

यहाँ कुल १ लाख ३५ हजार ५० मतदाता रहेका छन् । जसमध्ये ८६ हजार ५३० मत अर्थात ६४.०७ प्रतिशत मत खसेको छ । अहिलेसम्म ४७ हजार ८७०  मतगणना भइसकेको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  २२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update