लुम्बिनी मन्त्रिपरिषद् बैठक: निजामती नियमावली लोक सेवामा पठाइने
सोमबार, जेठ १९, २०८२
दाङ - लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२ प्रदेश लोक सेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकमा नियमावली संशोधनको प्रस्ताव पेश गरिएको थियो ।