Lumbini Rise
लुम्बिनी मन्त्रिपरिषद् बैठक:  निजामती नियमावली लोक सेवामा पठाइने

दाङ - लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले  प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२ प्रदेश लोक सेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकमा नियमावली संशोधनको प्रस्ताव पेश गरिएको थियो ।

सोही प्रस्तावको आधारमा बैठकले उक्त नियमावली प्रदेश लोक सेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरिएको सरकारका प्रवक्ता एवं कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  २१:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update