जातीय समता समाजको दशौँ राष्ट्रिय भेला बुटवलमा सुरु
शुक्रबार, जेठ २३, २०८२
बुटवल- राष्ट्रिय जनमोर्चाको भातृ संगठन जातीय समता समाजको दशौँ राष्ट्रिय भेला बुटवलमा सुरु भएको छ। शुक्रवारदेखि सुरु भएको भेला नयाँ नेतृत्व चयन गर्दै शनिवार सकिने छ ।राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले भेला उद्घाटन गरेका हुन् । भेला उद्घाटनपछि बोल्दै महासचिव भट्टले जातीय समाजमा जातीय छुवाछुत कायमै रहेको बताए । उनले व्यवस्था परिवर्तन भएर गणतन्त्र आएपनि जातीय विभेदको अन्त्य हुनु नसक्नु विडम्बना भएको उल्लेख गर्दै संविधानले जातीय छुवाछुतको अन्त्य भने पनि व्यवहारमा छुवाछुत कायमै रहेको बताए ।