बुटवलमा तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम सुरु
आइतबार, जेठ २५, २०८२
बुटवल – बुटवलमा तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम आइतबारदेखि सुरु भएको छ । प्रेस सेन्टर नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा सुरु भएको तालिमको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले उपमहानगरले मिडिया प्रर्वद्धनको क्षेत्रमा काम गरिरहेको बताए । उनले सञ्चार क्षेत्रले नगरको सकारात्मक कार्यको प्रचार र कमजोरीको निरन्तर खबरदारी गर्न आग्रह गरे । उनले आफूहरू निर्वाचित भएपछि सञ्चार क्षेत्रसँग निरन्तर सहयात्रा गर्दै आइरहेको बताए ।