बुटवलले शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने
सोमबार, जेठ २६, २०८२
बुटवल – बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने बताएका छन् । बुटवल उपमहानगरको मुखपत्र बुटवल दर्पणकोसोमबार विमोचन गर्दै नगरप्रमुख पाण्डेयले यस्तो बताएका हुन्। उनले बुटवललाई शिक्षा, स्वास्थ्यमा अब्बल शहर बनाउँदै सीप तथा रोजगारका क्षेत्रमा पर्याप्त अवसर सिर्जना हुने गरी बजेट निर्माण गर्ने बताए ।