सुनचाँदी व्यवसायी देशैभर आन्दोलनमा, विलासीता कर र भ्याट हटाउन माग
बिहीबार, जेठ २९, २०८२
काठमाडौँ – सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत भ्याट लगाइएको भन्दै सुनचाँदी व्यवसायीहरू विरोधमा उत्रिएका छन् । आज देशभरका सुन चाँदी पसद बन्द गरेर ब्यवशायीहरु आन्दोलनमा उत्रिएका हुन् । नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घमा आवद्ध व्यवशायीहरुले सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने र सुनचाँदी कारोबारका लागि स्पष्ट नीति बनाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका हुन् ।