प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन
बिहीबार, जेठ २९, २०८२
बुटवल- नेपाल प्रेस युनियन रुपन्देहीको आयोजनामा भएको दुई दिने विकास पत्रकारिता तालिम समापन गरिएको छ ।समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले पत्रकारितामाथि आक्रमण र त्रासको वातावरण बनेको भन्दै स्वतन्त्र प्रेसका पक्षमा सबै एक ठाउँ र निर्भीक भएर उभिनुपर्ने बताए ।