Lumbini Rise
प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

बुटवल- नेपाल प्रेस युनियन रुपन्देहीको आयोजनामा भएको दुई दिने विकास पत्रकारिता तालिम समापन गरिएको छ ।समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले पत्रकारितामाथि आक्रमण र त्रासको वातावरण बनेको भन्दै स्वतन्त्र प्रेसका पक्षमा सबै एक ठाउँ र निर्भीक भएर उभिनुपर्ने बताए ।

उनले  पत्रकारहरूले सधैँ आलोचनात्मक चेत बोकेर काम गरिरहनुपर्ने बताए । तालिममा प्रमुख प्रशिक्षकका रूपमा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले सहजीकरण गरेका थिए । 

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल,प्रेस युनियनका केन्द्रीय सदस्य रेखा भुसाल,सल्लाहकार माधव नेपाल,पूर्व अध्यक्ष खिमानन्द भट्टराई, हरिष ढकाल, भवानी प्रसाद पाण्डे,अग्रज विष्णु भुसाल लगायतले अनुभवसहित सहजीकरण गरेका थिए ।

प्रेस युनियन रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा रुपन्देहीका करिब १ सय ५० जना सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । 

सो अवसरमा प्रेस युनियनका सदस्य एवं सर्जक डिल्लीनारायण पाण्डेयलाई दोसल्ला र प्रशंसा पत्रले सम्मान गरिएको छ । पाण्डेयले बुटवलसहित विभिन्न ४ वटा नगरका गान रचना गरेका थिए । कार्यक्रममा सर्जक पाण्डेयले युनियन गरेको सम्मानप्रति आभार व्यक्त गरे ।  

युनियन रुपन्देहीका अध्यक्ष कबिन्द्र नेपालको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो भने तालिमको संयोजकमा उपाध्यक्ष कल्पना तिवारी हुन् । 

सर्जक डिल्लीनारायण पाण्डेयलाई युनियनको सम्मान 

नेपाल प्रेस युनियनले आफ्ना सदस्य एवं सर्जक डिल्लीनारायण पाण्डेयलाई सम्मान गरेको छ । बुटवलमा सञ्चालित दुई दिने विकास पत्रकारिता तालिमको समापनका अवसरमा पाण्डेय दोसल्ला र प्रशंसा पत्रले सम्मान गरिएको हो  ।

 पाण्डेयले बुटवलसहित विभिन्न ४ वटा नगरका गान रचना गर्नुभएको छ ।  उनलाई नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष एवं तालिमका प्रमुख प्रशिक्षक विपुल पोखरेल,अध्यक्ष कविन्द्र नेपाल लगायतले सम्मान गरेका हुन ।

सो अवसरमा बोल्दै सर्जक पाण्डेयले नेपाल प्रेस युनियनको सम्मानले आफूलाई अझै जिम्मेवारी थप गरेको भन्दै कलम चलाउने कामलाई अझै तीव्रताका साथमा अगाडि बढाउने बताए । 

 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  २०:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update