लुम्बिनीमा आज भूम्या पर्व मनाइँदै, मुख्यमन्त्री आचार्यद्वारा शुभकामना व्यक्त
आइतबार, असार १, २०८२
दाङ– लुम्बिनी प्रदेशमा आज मगर समुदायले मनाउने भूम्या पर्व मनाइँदै छ । रोल्पा, दाङ, रुकुम पूर्व र प्युठानमा यो भूम्या पूजा पर्व मनाउने गरिएको छ । यो पर्वको अवसरमा चार जिल्लामा असार १ गते आइतबार (आज) सम्बन्धित समुदायका लागि लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।यसैबिच मुख्यमन्त्री चेतनारायण आचार्यले मगर समुदायले प्रमुख रूपमा मनाउने मौलिक भूमे (भूम्या) पर्वको अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त गर्नु गरेका छन् ।