बिनयी खोलामा डाइभर्सन निर्माणपछि गाडी चल्न शुरु
बुधबार, असार ४, २०८२
नवलपरासी — बाढीले बगाएको बिनयी खोलामा डाइभर्सन निर्माण गरेपछि बुधबार रातीदेखि दुम्कीवासमा यातायात सञ्चालन भएको छ । मंगलबार रातिको यातायत सञ्चालन रोकिएको थियो । दुम्कीवासको बिनयी खोलमा डाइभर्सन निर्माण गरेर बुधबार बेलुका ७ बजेबाट एकतर्फी यातायात सुरु भएको जिल्ला प्रहरी प्रमुख यादव ढकालले बताएका हुन । बुटवलबाट नारायणगढतर्फ आउँदै गरेका गाडीहरुको मात्रै पास गराइएको प्रहरीले बताएको छ । दाउन्नेदेखि पश्चिम नवलपरासीको भूताहासम्म गाडीको जाम रहेका कारण पहिला पश्चिमबाट आउने गाडीलाई प्राथामिकता दिइएको हो ।