Lumbini Rise
बिनयी खोलामा डाइभर्सन निर्माणपछि गाडी चल्न शुरु 

नवलपरासी — बाढीले बगाएको बिनयी खोलामा डाइभर्सन निर्माण गरेपछि बुधबार रातीदेखि दुम्कीवासमा यातायात सञ्चालन भएको छ । मंगलबार रातिको यातायत सञ्चालन रोकिएको थियो । दुम्कीवासको बिनयी खोलमा डाइभर्सन निर्माण गरेर बुधबार बेलुका ७ बजेबाट एकतर्फी यातायात सुरु भएको जिल्ला प्रहरी प्रमुख यादव ढकालले बताएका हुन । 

बुटवलबाट नारायणगढतर्फ आउँदै गरेका गाडीहरुको मात्रै पास गराइएको प्रहरीले बताएको छ । दाउन्नेदेखि पश्चिम नवलपरासीको भूताहासम्म गाडीको जाम रहेका कारण पहिला पश्चिमबाट आउने गाडीलाई प्राथामिकता दिइएको हो । 

दाउन्नेमा फसेका गाडी अझै निकाल्न कठिनाई भैरहेको छ । दाउन्नेको हिलोमा फसेका मालबहाक गाडी ननिकालेसम्म त्यहाँ यातायात सञ्चालन हुने अवस्था छैन ।

प्रहरी प्रमुख ढकालले दाउन्नेमा एक्स्काभेटर र डोजरले गाडी धकेलेर वारपार गराउन प्रहरी खटेको छ । दाउन्नेमा हिलो धेरै भएका कारण मालबहाक गाडी हिँडाउँदा फस्ने र लामो जाम हुने समस्या दिनहुँजसो छ ।

दाउन्नेमा फसेका गाडी निकाल्न नसक्दा यहाँ ४५ किलोमिटर लामो जाम रहेको छ । 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update