माओवादीलाई सही दिशा दिन बुद्धिजीवीहरूको साथ चाहियो : बलदेव
शनिबार, असार ७, २०८२
वुटवल–नेकपा (माओवादी केन्द्र) का सचिव चक्रपाणि खनाल बलदेवले माओवादी आन्दोलनलाई सही दिशा दिन बुद्धिजीवीहरूले कलम चलाउनु पर्ने बताएका छन् । नेपाल बुद्धिजीवी सङ्गठन रुपन्देहीको सातौँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता खनालले जनयुद्धको बारेमा समाजमा फैलिएको भ्रम चिर्न बुद्धिजीवी वर्गलाई अग्रसर हुन आग्रह गरे । माओवादीहरूले मान्छे मारे भनेर रूपान्तरणकारी जनयुद्धलाई बदनाम गर्न खोजिएको उल्लेख गर्दै उनले संसारको कुन चाही युद्धमा मान्छे मारेको छैन भन्दै प्रश्न गरे ।