कपिलबस्तु काँगेसको निर्णय : लुम्बिनीका मन्त्रीलाई सार्वजनिक कार्यक्रमा बहिष्कार
सोमबार, असार ९, २०८२
कपिलवस्तु– नेपाली कांग्रेस कपिलवस्तुले लुम्बिनी प्रदेश सरकारको बजेटमाथि आपत्ति जनाउँदै प्रदेशका मन्त्रीहरूलाई जिल्लाको सार्वजनिक तथा पार्टीको कार्यक्रममा सहभागी नगराउने घोषणा गरेको छ । सोमबार जिल्ला सभापति अब्दुल कलामले एक प्रेस विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेश सरकारमा प्रतिनिधित्व गरेका सम्पूर्ण मन्त्रीहरूलाई कपिलवस्तु जिल्लाको सार्वजनिक तथा पार्टीको कुनै पनि कार्यक्रममा नगराउने घोषणा गरेका हुन् ।