कपिलबस्तु काँगेसको निर्णय : लुम्बिनीका मन्त्रीलाई सार्वजनिक कार्यक्रमा बहिष्कार

कपिलवस्तु– नेपाली कांग्रेस कपिलवस्तुले लुम्बिनी प्रदेश सरकारको बजेटमाथि आपत्ति जनाउँदै प्रदेशका मन्त्रीहरूलाई जिल्लाको सार्वजनिक तथा पार्टीको कार्यक्रममा सहभागी नगराउने घोषणा गरेको छ ।
सोमबार जिल्ला सभापति अब्दुल कलामले एक प्रेस विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेश सरकारमा प्रतिनिधित्व गरेका सम्पूर्ण मन्त्रीहरूलाई कपिलवस्तु जिल्लाको सार्वजनिक तथा पार्टीको कुनै पनि कार्यक्रममा नगराउने घोषणा गरेका हुन् ।
प्रदेश सरकारको आर्थिक वर्ष २०८२र०८३ को बजेट विनियोजन भइसकेको अवस्थामा सङ्घीयताको मर्म र भावना विपरीत पहुँचवाला मन्त्रीको क्षेत्र तथा जिल्लामा मात्र बढी योजना रहेको देखिएको र कपिलवस्तु जिल्लालाई बेवास्ता गरिएकाले यस्तो निर्णय लिन बाध्य भइएको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: सोमबार, असार ९, २०८२ २२:३१
प्रतिक्रिया दिनुहोस्