पामिर एकेडेमीमा निःशुल्क आँखा परीक्षण शिविर
मंगलबार, असार १०, २०८२
तिलोत्तमा–पामिर इन्टरनेशनल एकेडमीमा अध्ययनरत विद्यार्थीहरुका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा एकदेखि १० सम्मका विद्यार्थीहरुका लागि निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको विद्यालयका प्राचार्य गोपाल गौतमले जानकारी दिए ।शिविरमा श्रीकृष्ण नेत्रालय प्रालिका चिकित्सक तथा स्वास्थ्यकर्मीले विद्यार्थीहरुको आँखा परीक्षण गरेको उनले बताए । सोमबारदेखि सुरु भएको आँखा परीक्षण शिविर मंगलबार सकिएको विद्यालयले जनाएको छ ।