गृहमन्त्रीको प्रस्तावमा नै छानविन समिति बनाउने याे कस्ताे परिपाटी हाे : डा. स्वर्णिम वाग्ले
मंगलबार, असार १०, २०८२
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि सरकारले बनाएको समितिप्रति असहमति जनाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीले रमेश लेखकले सरकारले बनाएको छानविन समितिका बारे जानकारी गराएपछि रास्वपा सांसदहरुले असहमति जनाउँदै संसद बैठक बहिष्कार गरेका हुन् । बैठकमा बोल्दै रास्वपा सांसद डा स्वर्णिम वाग्लेले आफ्नै मान्छेलाई चोख्याउन सरकारले आफ्नै मान्छे राखेर छानविन समिति बनाएको आरोप लगाए ।