रुपन्देही ३ को उपनिर्वाचनमा एमालेबाट खिमलाल भट्टराई नै उम्मेद्वार हुन्?
मंगलबार, असार १०, २०८२
बुटवल– प्रतिनिधि सभाको उपनिर्वाचनका लागि रुपन्देही–३ मा एमालेबाट नेता खिमलाल भट्टराई उम्मेदवार हुने चर्चाले राजनीति तरंगित भएको छ । मंगलबार रातोपाटी अनलाईनमा आगामी कात्तिक महिनामा हुने उपनिर्वाचनमा प्रतिनिधिसभामा एमालेबाट भट्टराई उम्मेद्वार भन्ने समाचार सार्वजनिक भएसँगै एमालेबृतमा चर्चा शुरु भएको हो । बिशेष गरी रुपन्देहीका एमाले नेताहरुले यसबिषयलाई बिशेष महत्वका साथ हेरेका छन्।