रुपन्देही ३ को उपनिर्वाचनबारे संघीय लोकतान्त्रिक मोर्चाको छलफल
बिहीबार, असार १२, २०८२
रुपन्देही – विर्नाचन आयोगले रिक्त रुपन्देही निर्वाचन क्षेत्र न. ३ मा निर्वाचनको तयारी शुरुगरेसँगै चुनावी सरगर्मी बढेको छ । रुपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनलाई नै लक्षित गरी मधेस केन्द्रित सात सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले विहिबार छलफल गरेको छ । लाजिम्पाट वावा होटेलमा विहिबार बसेको मोर्चाको बैठकमा उपनिर्वाचनमा मिलेर जानेबारे छलफल भएको थियो । उपचुनावमा साझा उम्मेदवार बनाएर जानेबारे छलफल भएको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए।