
रुपन्देही – विर्नाचन आयोगले रिक्त रुपन्देही निर्वाचन क्षेत्र न. ३ मा निर्वाचनको तयारी शुरुगरेसँगै चुनावी सरगर्मी बढेको छ । रुपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनलाई नै लक्षित गरी मधेस केन्द्रित सात सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले विहिबार छलफल गरेको छ ।
लाजिम्पाट वावा होटेलमा विहिबार बसेको मोर्चाको बैठकमा उपनिर्वाचनमा मिलेर जानेबारे छलफल भएको थियो । उपचुनावमा साझा उम्मेदवार बनाएर जानेबारे छलफल भएको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए।
बैठकमा नागरिक उन्मुक्ति, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनमत पार्टीले दाबी गरेका छन्। गएको निर्वाचनमा समानुपातिकतर्फ नाउपाले ६ हजार १०, जसपा नेपालले ५ हजार २९१, लोसपाले ५ हजार ५३ र जनमतले ३ हजार ७३२ मत ल्याएका थिए ।बैठकमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले कांग्रेस, एमाले, रास्वपाले आन्तरिक रूपमा तयारी थालिसकेका आफूहरू पनि एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
रुपन्देही सहित गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ को २ मा रिक्त सदस्यको उपचुनावको मिति यही १६ गते तोक्ने तयारी गरेको छ ।