युवा संघ नेपाल लुम्बिनीकाे अध्यक्षमा कृष्ण थापा सर्वसम्मत
शनिबार, असार १४, २०८२
बुटवल - नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल लुम्बिनीको अध्यक्षमा रुपन्देहीका कृष्ण थापा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न भएको प्रदेश भेलाले थापाको अध्यक्षतामा ४५ सदस्यीय युवा संघको प्रदेश कमिटि सर्वसम्मत निर्वाचित गरिएको हो । नेकपा एकिकृत समजावादीका उपमहासचिव एव्म लुम्बिनी प्रदेश इन्चार्ज मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा भएको भेलाले सर्वसम्मत कमिटि चयन गरिएको छ । उपाध्यक्षमा सार्दुल कसौधन (रुपन्देही), अर्का उपाध्यक्षमा सुनिल बुढाथोकी (दाङ), सचिवमा धनराज डिसि (रोल्पा), उपसचिवद्धयमा साजन सापकोटा –बाँके ), शान्ति पाटा मगर (दाङ) र कोषाध्यक्षमा आशिष श्रेष्ठ –पाल्पा) निर्वाचित भएका छन् ।