-1751128044.jpg)
बुटवल - नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल लुम्बिनीको अध्यक्षमा रुपन्देहीका कृष्ण थापा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न भएको प्रदेश भेलाले थापाको अध्यक्षतामा ४५ सदस्यीय युवा संघको प्रदेश कमिटि सर्वसम्मत निर्वाचित गरिएको हो ।
नेकपा एकिकृत समजावादीका उपमहासचिव एव्म लुम्बिनी प्रदेश इन्चार्ज मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा भएको भेलाले सर्वसम्मत कमिटि चयन गरिएको छ । उपाध्यक्षमा सार्दुल कसौधन (रुपन्देही), अर्का उपाध्यक्षमा सुनिल बुढाथोकी (दाङ), सचिवमा धनराज डिसि (रोल्पा), उपसचिवद्धयमा साजन सापकोटा –बाँके ), शान्ति पाटा मगर (दाङ) र कोषाध्यक्षमा आशिष श्रेष्ठ –पाल्पा) निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा शिशिर खत्री –बर्दिया), पुन्थे शाही (बाँके), दुर्गा बुढाथोकी (दाङ), आनन्द भुसाल (अर्घाखाँची), गोविन्द नेपाली –अर्घाखाँची), बिशाल बराल (गुल्मी, साईजन खाँन (कपिलबस्तु लगायत रहेका छन् । नवनिर्वाचित अध्यक्ष कृष्ण थापाले युवा संघलाई लुम्बिनी प्रदेशमा व्यवस्थित रुपमा एउटा आशालाग्दो संगठनका रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाए ।
युवा संघको केन्द्रीय नेतृत्वमा विवाद भइरहेको बेला लुम्बिनी प्रदेशमा भने सर्वसम्मत नेतृत्व चयन भएको हो । पार्टी निर्माणमा युवाहरुको भूमिका निकै महत्वपूर्ण हुने भन्दै अब युवा संघ लुम्बिनीको नयाँ टिमले सशक्त रुपमा काम गर्ने पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष अब्दुल हुसने खाँनले विश्वास व्यक्त गरे ।
उद्घाटन समरोहमा पार्टीका उपहासचिव मेटमणि चौधरी, स्थायी कमिटि सदस्य तथा पूर्वमन्त्री रामकुमारी झाक्री, पोलिटब्यूरो सदस्य नन्दलाल बन्जाडे, केन्द्रीय सदस्य, प्रदेश कमिटिका पदाधिकारी तथा सदस्य एव्म जिल्लाका नेताहरुको उपस्थिती रहेको थियो ।