आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै
आइतबार, असार १५, २०८२
काठमाडौं - आज असार १५ । मानो रोपेर मुरी उब्जाउने दिन । बिशेष गरी नेपाली किसानहरुका लागि आजको दिन निकै महत्वपूर्ण छ । सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि मनाइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाँदा शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।