रुपन्देही ३ काे उपचुनावमा सागर ढकाल लड्ने
मंगलबार, असार १७, २०८२
बुटवल - रुपन्देही ३ को यपनिर्वाचनमा सागर ढकालले उम्मेदरी दिने संकेत गरेका छन् । ढकालले मंगलबार फेसबुकमा मार्फत ‘रुपन्देही ३ इतिहास रच्न तयार हुनुहुन्छ ?’ भन्दै स्टाटास लेख्दै यस्तो संकेत गरेका हुन् । पछिल्लो निर्वाचनमा डडेलधुराबाट पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग स्वतन्त्र रूपमा भिडेका व्यक्ति हुन्। तर, पराजित हुन पुगे। त्यसपछि केही समय विदेसिएका उनी केही महिनाअघि स्वदेश फर्किएका छन्।