बुटवल - रुपन्देही ३ को उपनिर्वाचनमा सागर ढकालले उम्मेदरी दिने संकेत गरेका छन् । ढकालले मंगलबार फेसबुकमा मार्फत ‘रुपन्देही ३ इतिहास रच्न तयार हुनुहुन्छ ?’ भन्दै स्टाटास लेख्दै यस्तो संकेत गरेका हुन् । पछिल्लो निर्वाचनमा डडेलधुराबाट पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग स्वतन्त्र रूपमा भिडेका व्यक्ति हुन्। तर, पराजित हुन पुगे। त्यसपछि केही समय विदेसिएका उनी केही महिनाअघि स्वदेश फर्किएका छन्।
केही समययता उनको रास्वपासँग हिमचिम बढेको छ। गत जेठ ५ गते रास्वपा नेत्री तथा सांसद सुमना श्रेष्ठसँग सिंहदरबार छिरेका थिए। उनीहरूले त्यहीँबाटै फेसबूक लाइभ गरेका थिए। ढकालले त्यतिबेलै निर्वाचनमा उम्मेदवार बन्ने बताएका थिए भने सुमनाले जिताउनका लागि आह्वान गरेका थिए।
अहिले आएर आसन्न उपनिर्वाचनमा उनी रास्वपाबाट रुपन्देही ३ बाट उम्मेदवार बन्ने चर्चा चलेको हो।उनी स्वतन्त्र हो वा रास्वपाबाट भन्ने टुंगो लागेको छैन ।
सागर ढकालको स्टाटस यस्तो छ ।
रुपन्देही ३ नेपालको इतिहास रच्न तयार हुनुहुन्छ ?
चितवन २ मा रविको ५४,१७६ र काठमाडौँमा बालेनको ६१,७६७ मत अब रुपन्देही ३ मा करिब ९०,००० मत छन् त्यसमा तपाइ हामीले ६२,००० मत पार गर्नुपर्छ र नेपालको इतिहास रच्नुपर्छ। काँग्रेस एमाले मावोवादि एउटै हुन् यिनको राणा शासनको अन्त्य ८४ मा गर्नको लागि सुरुवात यहाँबाट गर्नुपर्छ। जनतालाई झोले र पार्टीका कार्यकर्ता बाहेक केही नसोच्ने यो ३ पार्टीको घेरा बेजोडले तहस नहस हुने गरी तोड्नु पर्छ। यो रुपन्देही ३ को एक तिरले ३ पार्टीहरूलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनु पर्छ।
यो चुनाव जनता भर्सेस राणा शासन हो। दुई तिहाइ सरकारलाई नारायणगढ बुटवल सडक खण्डमा हामीमाथि गरेको अत्याचार पोख्ने बाटो हो। झोले अदालतलाई नेपाली अदालत बनाउने बाटो हो। कुलमानको बत्ती निभाउने राक्षसहरूको अन्त्य गरेर नेपाली जनताको अनुहारमा आशा र उज्यालो छर्ने दिन हो।
जसरि गएको चुनावमा पुरै नया अनुहारहरु स्थापित गरिदिनु भयो अब फेरि पालो आएको छ। रुपन्देही ३ का मेरो प्यारो जनता यो हजुरको क्षेत्रको मात्र चुनाव होइन देशको चुनाव हो र देशको पिडा, आशु र आवाज बोल्न तयार भएर बस्नुहोला। नेपाली जनताले जित्ने मात्र होइन सफा चट् क्लिन स्विप गर्ने हो, सफा चट्।
प्रकाशित मिति: मंगलबार, असार १७, २०८२ १८:२७