लुम्बिनी प्रदेशसभाको बैठक आज मध्यान्ह १२ बजे बस्ने
बुधबार, असार १८, २०८२
बुटवल- लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको सोह्राै बैठक बुधबार मध्यान्ह १२ बजे बस्ने भएको छ । मंगलबार मुख्य प्रतिपक्षी नेकपा माओवादी सहित चार दललले बहिष्कार गरेपनि सत्तापक्षमै रहेका लोसपा र जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएर विपक्षी बेञ्चमा राखेर बजेटमाथि छलफल शुरु गराइएको थियो ।बुधबार बस्ने बैठकमा ‘आर्थिक वर्ष २०८२–०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” को विभिन्न मन्त्रालय एवं सो सँग सम्बन्धित निकायका शीर्षकहरुमाथि समूहीकृत छलफल हुने कार्यसूची रहेको प्रदेशसभाले जनाएको छ ।