Lumbini Rise
लुम्बिनी प्रदेशसभाको बैठक आज मध्यान्ह १२ बजे बस्ने 

बुटवल- लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको सोह्राै बैठक बुधबार मध्यान्ह १२ बजे बस्ने भएको छ । मंगलबार मुख्य प्रतिपक्षी नेकपा माओवादी सहित चार दललले बहिष्कार गरेपनि सत्तापक्षमै रहेका लोसपा र जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएर विपक्षी बेञ्चमा राखेर बजेटमाथि छलफल शुरु गराइएको थियो ।

बुधबार बस्ने बैठकमा ‘आर्थिक वर्ष २०८२–०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” को विभिन्न मन्त्रालय एवं सो सँग सम्बन्धित निकायका शीर्षकहरुमाथि समूहीकृत छलफल हुने कार्यसूची रहेको प्रदेशसभाले जनाएको छ ।

छलफल पश्चात उठेका प्रश्नहरुको बिषयमा मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए । बुधबार आर्थिक बर्ष २०८२–०८३ को बजेट पारित गर्ने सरकारको तयारी रहेको छ । 

यसअघि मंगलबारको बैठकमा आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमान” माथि सैद्धान्तिक छलफल गरिएको थियो । छलफलमा सत्तापक्षकै सांसदहरुले बजेटमाथि असन्तुष्टि पोखेका थिए । मंगलबार सभामुख तुलबहादुर घर्तीले संसदीय नियम विपरित बैठक चलाएको विपक्षीहरुको आरोप छ । नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले बहिष्कार गरेकाले बुधबारको बैठक अवरोध गर्ने जनाइएको छ । 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  ०८:१३
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update