रुपन्देही उपचुनावबारे रास्वपा निर्णय : उम्मेदवारका आकाक्षी धेरै भएपछि कार्यविधि बनाउने
बिहीबार, असार १९, २०८२
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी कार्तिक २७ गते रुपन्देही ३ मा हुने उपनिर्वाचनमा उत्कृष्ट उम्मेदवार छनोटका लागि आन्तरिक कसरत सुरु गरेको छ । छनोट विधिमै परिमार्जन गरेर रास्वपाले उपनिर्वाचनमा उम्मेदवार चयन गर्न लागेको हो ।विहिबार बसेको सचिवायले बैठकमा उम्मेदवार छनोटका लागि पेस भएको कार्यविधिमा व्यापक छलफल भएको थियो । बैठकमा प्राप्त सुझावहरू समेतलाई समेटेर आगामी आइतबार हुने सचिवालय बैठकमा उम्मेदवार छनौट कार्यविधि अनुमोदनको लागि प्रस्तुत गर्ने निर्णय भएको छ ।