नवलपरासी पश्चिम काँग्रेसमा असन्तुष्टि, सचिवले लेखे महामन्त्रीलाई पत्र
शुक्रबार, असार २०, २०८२
परासी - नवलपरासी (पश्चिम) मा नेपाली काँग्रेस भित्र असन्तुष्टि चुलिएको छ। जिल्ला कार्यसमितिले पार्टीभित्र देखिएको निराशा, आक्रोश र द्वन्द्वको अवस्थालाई सम्बोधन गर्न पार्टीका महामन्त्री गगन थापालाई हस्तक्षेपका लागि पत्राचार गरेपछि असन्तुष्टि छताछुल्ल भएको हो ।नवलपरासीस्थित काँग्रेस जिल्ला कार्यसमितिका सचिव उमेशचन्द्र यादवद्वारा हस्ताक्षरित एक पत्रमा, हालको आन्तरिक अवस्थाले समर्पित कार्यकर्ताहरूमाथि मनोवैज्ञानिक असर परेको र सङ्गठनात्मक आत्मविश्वास तथा एकतामा समेत जोखिम बढेको उल्लेख छ।