Lumbini Rise
नवलपरासी पश्चिम काँग्रेसमा असन्तुष्टि, सचिवले लेखे महामन्त्रीलाई पत्र 

परासी -   नवलपरासी (पश्चिम) मा  नेपाली काँग्रेस भित्र असन्तुष्टि चुलिएको छ। जिल्ला कार्यसमितिले पार्टीभित्र देखिएको निराशा, आक्रोश र द्वन्द्वको अवस्थालाई सम्बोधन गर्न पार्टीका महामन्त्री गगन थापालाई हस्तक्षेपका लागि पत्राचार गरेपछि असन्तुष्टि छताछुल्ल भएको हो ।

नवलपरासीस्थित काँग्रेस जिल्ला कार्यसमितिका सचिव उमेशचन्द्र यादवद्वारा हस्ताक्षरित एक पत्रमा, हालको आन्तरिक अवस्थाले समर्पित कार्यकर्ताहरूमाथि मनोवैज्ञानिक असर परेको र सङ्गठनात्मक आत्मविश्वास तथा एकतामा समेत जोखिम बढेको उल्लेख छ। पत्रमा भनिएको छ, “पार्टीका तल्लो तहका कार्यकर्ताहरूमाझ निराशा र अविश्वास बढेको छ। केही सक्षम साथीहरूले पार्टी छाड्ने अवस्था आएको छ, जुन चिन्ताजनक छ।”

पत्रले पार्टीभित्र सङ्गठनात्मक आलोचना, मतभेद र बिचार विमर्शको अभावका कारण गम्भीर संवादको परम्परा टुटेको औँल्याएको छ। यस्तो अवस्थाले कार्यकर्ताहरूमा अविश्वास, उदासीनता र निराशा बढाएको भन्दै यसले पार्टी सङ्गठनको समग्र स्वास्थ्य र सक्रियतामा नकारात्मक असर पार्ने चेतावनी समेत दिइएको छ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ०९:४७
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update