आयोजनाको नाममा बुटवल सतगढीमा अवैध उत्खनन, डोजर र टिप्पर नियन्त्रणमा
आइतबार, असार २२, २०८२
बुटवल– बुटवल १२ सतगढीमा बस्तीलाई नै जोखिममा पारेर अवैद्य रुपमा नदीजन्य पदार्थको उत्खनन गरेको पाइएको छ । बुटवल, गोरुसिङ्गे सडक खण्ड बिस्तार गर्नका लागि भन्दै निर्माण व्यवसायीले शनिबार बेलुका ४ बजेदेखि बुटवल १२ सतगढीमा पुल निर्माण स्थलभन्दा करिव २ सय मिटर उत्तरतर्फ खोलामा नदीजन्य पदार्थ उत्खनन गरेको पाइएको हो ।खोलाको दुवै साईडमा बस्ती रहेको र असार सकिनेबेला डोजर ल्याएर धमाधम नदीजन्य पदार्थ निकालेपछि स्थानीयहरुले विरोध गरेपछि घटना बाहिरिएको हो ।